काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबारको दोस्रो खेलमा चितवन राइनोज र विराटनगर किंग्सबीच खेल हुँदैछ।
त्रिवि क्रिकेट मैदानमा हुने खेलमा विराटनगरले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको छ।
जारी एनपीएलमा पाँच खेल खेलेको चितवनले तीन खेलमा जित निकाल्दै अंक तालिकाको चौथो स्थानमा रहेको छ। यस्तै समान पाँच खेल खेलेको विराटनगर भने एक जितका साथ तालिकाको पुछारमा रहेको छ।


