काठमाडौँ । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजमाथि जित हासिल गरेको छ।
त्रिवि क्रिकेट मैदानमा शुक्रबार चितवनलाई ५१ रनले हराउँदै विराटनगरले दोस्रो जित हासिल गरेको हो।
विराटनगरले दिएको १८२ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३० रन मात्रै बनाउन सक्यो।
चितवनका लागि अमर राउटरेलाले सर्वाधिक ४२ रन बनाए। ओपनर सन्तोष कर्कीले २६, कप्तान कुशल मल्ले २५ रन बनाए। यस्तै रबि बोपराले २० रन बनाए।
यता, विराटनगरका लागि कप्तान सन्दीप लामिछानेले दुई तथा क्रिस सोल, बसिर अहमद, सुवास भण्डारी र लोकेश बमले समान एक एक विकेट हात पारे।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १८१ रन बनाएको थियो।
जितसँगै जारी लिग ६ खेलबाट विराटनगरले चार अक जोडेको छ। पराजित चितवनको प्लेअफको सम्भावना कमजोर बनेको छ।


