काठमाडौँलाई पाेखराकाे १३९ रनको लक्ष्य


काठमाडौँ । पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौँ गुर्खाजलाई १३९ रनको लक्ष्य दिएको छ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा विकेट ८ गुमाएर १३८ रन बनाएपछि काठमाडौँले १३९ रनको लक्ष्य पाएको हो।

ब्याटिङतर्फ पोखराको लागि राइमन रेफरले ४१ रनको सानदार पारी खेले। ओपनर दिनेश खरेलले ३८ रन बनाए। उनले २५ बलमा ६ चौका र एक छक्का प्रहार गर्दै रासिद खानको बलिङमा एलबी डब्लु आउट भए।

यस्तै, दिलिप नाथले २७ रन बनाउँदा कप्तान कुशल भर्तेल सात रनमा आउट हुँदा विपिन खत्रीले चार रन बनाए।

यता, बलिङतर्फ काठमाडौँका लागि कप्तान करण केसी र रासिद खानले समान तीन लिए।

जारी प्रतियोगितामा समान पाँच पाँच खेल खेलेका दुवै टोलीले समान दुई खेलमा जित तथा तीन खेलमा पराजय व्यहोरेका छन्। काठमाडौं अंक तालिकाको छैठौं स्थानमा रहेको छ भने पोखरा सातौँ स्थानमा रहेको छ।

यस खेलमा विजयी हुने टोलीले प्लेअफको सम्भावना बलियो बनाउने छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको