जनकपुरलाई १८१ रनको लक्ष्य, कप्तान मल्लको सानदार अर्धशतक


काठमाडौँ । चितवन राइनोजका कप्तान कुशल मल्लको सानदार अर्धशतकमा नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सलाई १८१ रनको लक्ष्य दिएको छ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १८० रन बनायो।

उसका लागि कप्तान मल्लले सानदार पारी खेले। ४१ बलको सामना गरेका मल्लले ७२ रन बनाए। उनले तीन चौका सात छक्का प्रहार गरे। उनि जिमि निसमको बलमा जनकपुरका कप्तान अनिल कुमार शाहको हातबाट क्याच आउट भए।

यस्तै रबि बोपराले ४४ रनको पारी खेले। उनले कुशलसँग मिलेर चौथो विकेटको लागि ११३ रनको शतकीय साझेदारी गरे।

ओपनर हसन इशाखिल २८ रन बनाउँदा सन्तोष कार्की १४ बनाए।

चितवनले पावरप्लेमा एक विकेट गुमाएर ४४ रन बनाएको थियो।

पहिलो विकेटका लागि विपिन रावल र हसन इशाखिल २४ रनको साझेदारी गरेका थिए। विपिन तीन रनमा आउट भए। उनलाई जनकपुरका ललितनारायण राजवंशीले २.४ ओभरमा आउट गराए।

यता बलिङ जनकपुरका लागि ललित राजवंशीले दुई विकेट लिए। हर्ष ठाकर र जिमि निसमले समान एक एक विकेट हात पारे।

प्लेअफ सम्भावना जिवितै राख्न चितवनलाई जित्नै पर्ने दबाबा छ। प्लेअफमा स्थान बनाइसकेको जनकपुर पनि जित हासिल गर्दै शीर्ष दुई पाक्का गर्ने लक्ष्यमा छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको