स्वदेशी खेलाडीले राम्रो रन बनाउन नसक्दा दबाब भयो : दिलीप नाथ

काठमाडौं । पोखरा एभेन्जर्सका दिलीप नाथले घरेलु खेलाडीले राम्रो रन बनाउन नसक्दा नै टोली अहिले यो अवस्थामा आएको बताएका छन्।

काठमाडौं गुर्खाजसँग पराजित भएपछि पोखराका ब्याटर दिलीपले कुनै स्वदेशी राम्रो ठूलो स्कोर बनाउन सकेको भए टोलीको आत्मविश्वास बढ्ने र यो स्थितिमा नहुने विश्वास व्यक्त गरेका हुन्।

बिहानको कन्डिसनमा ब्याटिङ गर्न सहज नहुने र योगफल थोरै बढाउन सकेको भए पनि नतिजा फरक हुने उनी बताउँछन्। उनले पिचमा पहिलेभन्दा सुधार भएको र त्यसमा आफूले पनि राम्रो फिनिस गर्न नसकेको बताए। लिगको अन्तिम खेलमा जित निकाले अभैm अवसर रहेको र त्यसमा राम्रो हुने उनको विश्वास छ।

इरासमसले प्लेअफमा उत्कृष्ट प्रदर्शन गर्ने उल्लेख गरे। कुनै पनि विदेशी खेलाडीका लागि नयाँ पिचमा खेल्न सहज नभएको र तर अहिले लयमा आएको उनको भनाइ छ। विदेशी खेलाडी नचल्दा ब्याटिङमा पनि समस्या भएको उनले उल्लेख गरे। उनले पोखराविरुद्ध सामान्य लक्ष्य रहेको र यस्तोमा पनि राम्रो स्थिति नपुगेसम्म समालिएर खेलेको बताए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको