काठमाडौँ । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौँ गुर्खाजलाई ११८ रनको लक्ष्य दिएको छ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले १९=५ ओभरमा सबै विकेट गुमाएर ११७ रन मात्रै बनाउन सक्याे।
विराटनगरका लागि राजेश पुलामीले सर्वाधिक २५ रन बनाए। ओपनर दिपक बोहाेरा २०, स्कट एडर्वास १५, बसिर अहमद १३, निकोलस किर्तन १२ रन बनाए। यस्तै लाेकेश बमल आठ र सुवाष भण्डारीले ६ रनमा अविजित रहे।
यता, काठमाडौँका लागि गेरहार्ड इरास्मसले सर्वाधिक तीन विकेट लिए। दिपेश कडेँलले दुई, साहब आल, ड्यान डुथोवट र कप्तान करण केसीले समान एक एक विकेट हात पारे।
यस खेलमा जित निकाल्न सके काठमाडौँ प्लेअफको सम्भावना रहने छ भने पराजित भएको खण्डमा प्रतियोगिताबाट बाहिरिने छ। यता यसअघि नै प्लेअफबाट बाहिरिएको विराटनगर प्रतियोगितामा जितका साथ अन्त्य गर्न चाहन्छ।
काठमाडौँ ६ खेलबाट ६ अंक रहेको छ भने विराटनगरको समान खेलबाट चार अंक छ।


