काठमाडौँ । नेपाल प्रिमियर लिग एनपीएलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई १५४ रनको लक्ष्य दिएको छ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १५३ रन बनायो।
सुदूरका लागि आरिफ शेखले सर्वाधिक ४२ रन बनाए। उनले ३८ बलमा दुई चौका र एक छक्का प्रहार गरे। आरिफ र दिपेन्द्रले पाँचौँ विकेटको लागि ४१ रनको साझेदारी गरेका थिए।
यस्तै ब्रान्डन म्याकमुलन २३, कप्तान दिपेन्द्र सिह २०, बिनोद भण्डारी १४, हरमित सिह १३ र इशान पाण्डे १० रन बनाए।
यता, बलिङतर्फ पोखराको लागि कप्तान कुशल भुर्तेलले दुई विकेट लिए। रेमन रिफर, सागर ढकाल र माइकल लिस्कले समान एक एक विकेट हात पारे।