काठमाडौँ । अक्षरा र ओरिएन्टलले १७औं फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा आइतबार विजयी हासिल गरेका छन्।
मूलपानी मैदानमा अक्षराले पुष्प वाटिकालाई २–० गोलले पराजित ग¥यो। अक्षराका ‘म्यान अफ द म्याच’ आर्यभ श्रेष्ठ र सुस्योङ अधिकारीले गोल गरे। ओरिएन्टलले अक्षरिकालाई १–० गोलले हरायो। ‘म्यान अफ द म्याच’ मनोज रामले निर्णायक गोल गरे।
फेकाको आयोजनामा भइरहेको प्रतियोगितामा गोल्डेन बड र कौस्तुभ एकेडेमी विजयी भए। गोल्डेन बडले मानाङ्कलाई ३–० ले पाखा लगायो। ‘म्यान अफ द म्याच’ सुजल तामाङले २ तथा हेमराज बस्नेतले १ गोल गरे।
कौस्तुभले करियर बिल्डिङ इन्टरनेसनल एकेडेमीलाई ३–२ गोलले पन्छायो। कौस्तुभका लागि उत्सव शाही ठकुरी, स्वप्लभ श्रीमाली र ‘म्यान अफ द म्याच’ साइन अन्सारीले गोल गरे। करियरका डानियल बम ठकुरीले २ गोल फर्काए।