थन्डर बोल्ट्स  कपः छात्रा फुटसलमा ब्लु बर्ड प्रथम

काठमाडाैँ । जेम्स विद्यालयद्वारा आयोजित ‘दोस्रो थन्डर बोल्ट्स  कप खेलकुद २०२४  अन्तर्गत १८ वर्षमुनिका छात्रा फुटसलमा ब्लूबर्ड स्कूल प्रथम, एभिएम स्कूल द्वितीय र पुष्पाञ्जली स्कुल तृतीय भएका छन्।

उक्त प्रतियोगितामा जेम्स स्कुल, पुष्पाञ्जली स्कुल, एभिएम स्कूल, ब्लूबर्ड स्कूल, युलेन्स स्कूल, ब्लूम स्कूल, काठमान्डु वर्ल्ड स्कुल, कितीनि स्कूललगायतका विद्यालयको सहभागिता थियो।

त्यस्तै १६ वर्षमुनि छात्र फुटबलमा विनायक स्कुल, जेम्स स्कुल,  नेपाल पुलिस स्कुल र एपिएफ स्कुल सेमी फाइनलमा प्रवेश गरेका छन्। आइतवार भएको क्वाटर फाइनलमा विनायक स्कुलले लर्ड लाइट एकेडेमीलाई ३–१ ले, नेपाल पुलिस स्कुलले इम्पेरिएल वर्ल्ड स्कुललाई ५–२ ले,  जेम्स स्कुलले ब्रह्मकुञ्ज स्कुललाई  ३–० ले र एपिएफ स्कुलले डिएभी स्कुललाई ८–० ले पराजित गरेको थियो।

त्यस्तै १६ वर्षमुनि छात्र क्रिकेट प्रतिस्पर्धामा एलआरआई स्कुलले जेम्स स्कुल र मातृभूमी स्कुललाई समान ५  विकेटले  पराजित गर्यो। त्यस्तै नेपाल पुलिस स्कुलले  मनकामना स्कुललाई  ५ विकेटले र  डिएभी स्कुलले नेपाल पुलिस स्कुललाई १ रनले पराजित ग¥यो।

१६ र १८ वर्षमुनि छात्र र १८ वर्षमुनिका छात्रा बास्केटबल प्रतिस्पर्धा जारी नै छ। उक्त प्रतियोगितामा जेम्स स्कुल, जेभियर इन्टरनेसनल कलेज, गोल्डेनगेट कलेज, रातो बङ्गला स्कुल, सेन्ट जेभियर्स स्कुल, एलआरआई स्कुल, नामी स्कुल लगायतका विद्यालयहरुले सहभागिता जनाइरहेका छन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको