म्यानचेस्टर डर्बी : युनाइटेडको राेमाञ्चक जित


काठमाडौं । इंङ्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको म्यान्चेस्टर डर्बीमा सिटी पराजित भएको छ।

घरेलु मैदान इतिहाद रंगशालामा १–० को अग्रता जोगाउन नसक्दा सिटी युनाइटेडसँग २–१ गोलले पराजित भएको हो।

पाहुना टोली युनाइटेडको जितमा कप्तान ब्रुनो फनान्डेस र डायोलोले गोल गरे। जोस्को ग्वार्डियोलले गारेको गोल सान्त्वना बन्यो।

खेलको ३६औँ मिनेटमा ग्वार्डियोलले गोल गर्दै सिटीलाई पहिलो हाफ भरि अग्रता दिलाएका थिए। तर, खेलको ८८औँ मिनेटमा युनाइटेडका लागि ब्रुनोले पेनाल्टीमा गोल गर्दै खेल १–१ को बराबरी अबस्थामा ल्याए।

त्यसको दुई मिनेटपछि पुन युनाइटेडका लागि ग्वार्डियोलले गोल गर्दै खेलमा २–१ को पुनरागमन जित दिलाए।

जितसँगै जारी सिजन १६ खेलबाट २२ अंक जोडेको युनाइटेड १३औँ स्थनामा उक्लिएको छ भने पराजित सिटी समान खेलबाट २७ अंकसहित पाँचौँ स्थानमा छ। सिटीको यो जारी प्रिमियर लिगमा पाँचौँ हार हो।

यस्तै गएरातिकै खेलमा लण्डन क्लब चेल्सीले ब्रेन्डाफोर्ड एफसीलाई २–१ गोलले पराजित गरेको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको