काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) सुदुरपश्चिम राेयल्सले कर्णाली याक्सविरुद्ध टस जितेर बलिङ गर्ने भएकाे छ।
त्रिवि क्रिकेट मैदानमा सुदूरका कप्तान दिपेन्द्र सिंह ऐरी टस जितेर पहिले बलिङ गर्ने निर्णाय लिएका हुन्।
सुदूरपश्चिम रोयल्सले यसअघिका छ खेलमध्ये पाँच खेलमा विजयी भएको छ भने एक खेलमा हार व्यहोरेको छ। दश अंकसहित तालिकाको पहिलो स्थान कब्जा गरेको सुदूरपश्चिम यसअघि नै प्लेअफ चरणमा प्रवेश गरिसकेको छ।
कर्णाली याक्सले भने यसअघिका छ खेलमध्ये चार खेलमा मात्रै विजयी भएको छ। आठ अंकसहित कर्णाली तालिकाको चौथो नम्बरमा छ। आजको खेल सुदूरपश्चिमले जितेमा १२ अंकसहित पहिलो स्थानलाई निरन्तरता दिनेछ।
यस्तै, खेलको नतिजा कर्णालीको पक्षमा आएको खण्डमा कर्णाली प्लेअफमा पुग्नेछ। यदी कर्णालीले हार्यो भने काठमाडौं गुर्खाजले प्लेअफमा जाने मौका पाउने छ। काठमाडौं गुर्खाज पनि आठ अंकसहित तालिकाको पाँचौँ स्थानमा छ।