काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा एलिमिनेटर र पहिलो क्वालिफायर खेल हुदैँछन।
विहान ९ बजे हुने एलिमिनेटर खेलमा चितवन राइनोज र कर्णाली याक्स भिड्दैछन्। उक्त खेलमा चितवनले टस जितेर बलिङ गर्ने निर्णय गरेको छ।
एलिमिनेटरमा पराजित हुने टोलीको पहिलो सिजनको एनपीएल यात्रा समाप्त हुनेछ भने विजयी टोलीले दोस्रो क्वालिफायर खेल्न पाउनेछ।
बुधबारै पहिलो क्वालिफायरको खेल पनि हुनेछ। त्रिभुवन विश्वबिधालय, किर्तिपुरस्थित क्रिकेट मैदानमा जनकपुर बोल्टस र सुदुरपश्चिम रोयल्सबीच पहिलो क्वालिफायर खेल हुदैँछ। उक्त खेल दिउँसो १ बजेबाट सुरू हुनेछ।


