साविक विजेता गेटवे सेमिफाइनलमा

काठमाडौँ । साविक विजेता गेटवे एकेडेमी १७औं फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको प्रवेश गरेको छ। गेटवे सेमिफाइनल पुग्ने पहिलो टोली हो।

मूलपानी मैदानमा बुधबार भएको क्वाटरफाइनल खेलमा गेटवेले गोठाटारलाई ४–० गोलले पराजित ग¥यो।

गेटवेको जितमा प्रदीप खड्काले ह्याट्रिक गरे भने कृजल श्रेष्ठले १ गोल थपे।

फेकाको आयोजनामा भइरहेको प्रतियोगितामा कौस्तुभ एकेडेमी र ब्रम्हकुञ्ज क्वाटरफाइनलमा पुगे। कौस्तुभले डेन्सलाई ५–१ गोलले हरायो। कौस्तुभका उत्सव शाहीले २ तथा सुप्लप श्रीमाली, कैलाश लामिछाने र एरिश रम्तेलले समान १–१ गोल गरे। ब्रम्हकुञ्जले गोल्डेन बडलाई २–० ले पाखा लगायो। दुवै गोल शुभम् दफेपतेको नाममा रह्यो।

बाँकी तीन क्वाटरफाइनल खेल बिहीबार हुनेछ। त्यस दिन ओरिएन्टल र कौस्तुभ, हाइली क्रिएटिभ र एकलब्य तथा श्रमशील र ब्रम्हकुञ्जबीच खेल हुने प्रतियोगिता संयोजक समेत रहेका फेकाका सह–सचिव राजु दाहालले जानकारी गराए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको