भेट्रान कप : चवहिल ‘बी’ क्वाटरफाइनलमा

काठमाडौँ । चावहिल स्पोर्ट्स क्लब ‘बी’ चौथो वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगितामा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेको छ।

चावहिल ‘बी’ ले ५० प्लस भेट्रान कैलालीलाई ४–२ गोलले पराजित ग¥यो। विजेताका भगवान थापाले ह्याट्रिक गरे भने चन्द्र गुरुङले १ गोल गरे। कैलालीका राजेश लेप्चाले २ गोल गरे।

अन्य खेलमा फ्रिडम फाइटर क्लब ‘बी’, जोरपाटी एफसी र बौद्ध भेट्रान पनि क्वाटरफाइनलमा पुगे। फ्रिडमले जंगवीर युनाइटेडलाई ३–१ गोलले हरायो। फ्रिडमका नीलेन्द्र देवानले २ तथा राजु तामाङले १ गोल गरे। जंगवीरका सुवास कार्कीले सान्त्वना गोल गरे।

जोरपाटीले ताकामीलाई ४–० गोलले पाखा लगायो । नितिन गुरुङले २ तथा गौतम लामा र ओमन मोक्तानले समान १–१ गोल गरे। बौद्धले चावहिल ‘ए’ लाई ३–० गोलले पन्छायो । विजयी टिमका लागि सञ्जय लामा र अमिर लामाले समान १–१ गोल गरे। बाँकी गोल आत्माघाती थियो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको