फेका कप : ओरिएन्टल सेमिफाइनलमा

काठमाडाैँ । ओरिएन्टल १७ औं फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा बिहीबार सेमिफाइनलमा प्रवेश गरेको छ। हाइली क्रिएटिभ र ब्रम्हकुञ्ज पनि सेमिफाइनलमा पुगे।

ओरियन्टले कौस्तुभ एकेडेमीलाई टाइब्रेकरमा ४–२ गोलले पराजित ग¥यो। निर्धारित समयको खेल २–२ गोलको बराबरीमा टुंगिएको थियो। ओरियन्टलका सोहेल एमडी ‘म्यान अफ द म्याच’ घोषित भए।

हाइलीले एकलब्यलाई २–१ गोलले हरायो। हाइलीका जेनिथ फुयालले १ गोल गरे भने अर्को आत्माघाती  थियो। एकलब्यका उज्ज्वल खड्काले १ गोल गरे। हाइलीका जेनिथ फुयाल ‘म्यान अफ द म्याच’ चुनिए।

ब्रम्हकुञ्जले श्रमशीललाई २–० ले पाखा लगायो। ब्रम्हकुञ्जका ‘म्यान अफ द म्याच’ शुभम् खड्का र प्रयास गुरुङले समान १–१ गोल गरे। सेमिफाइनलमा ब्रम्हकुञ्जको भेट हाइलीसंग हुनेछ भने ओरियन्टले डिफेन्डिङ च्याम्पियन गेटवे एकेडेमीको सामना गर्ने छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको