फेका कप : गेटवे र ब्रम्हकुञ्ज फाइनलमा

काठमाडाैँ । डिफेन्डिङ च्याम्पियन गेटवे एकेडेमी र ब्रम्हकुञ्ज १७ औं फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा शुक्रबार फाइनलमा प्रवेश गरेका छन्।

मूलपानी मैदानमा भएको पहिलो सेमिफाइनलमा गेटवेले ओरियन्टल एकेडेमीलाई ५–२ गोलले पराजित ग¥यो। गेटवेका प्रतीक रायमाझीले ह्याट्रिक गरे भने दर्शन केसी र प्रदीप खत्रीले १–१ गोल थपे। प्रतीक ‘म्यान अफ द म्याच’ घोषित भए।

फेकाको आयोजनामा भइरहेको प्रतियोगिताको अर्को सेमिफाइनलमा ब्रम्हकुञ्जले हाइली क्रिएटिभलाई पेनाल्टी सुटआउटमा ५–४ ले हरायो। निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएको थियो। विजेताका सन्दिप राई ‘म्यान अफ द म्याच’ चुनिए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको