बौद्ध र फ्रिडम ‘बी’ फाइनलमा

काठमाडाैँ । बौद्ध भेट्रान र फ्रिडम फाइटर क्लब ‘बी’ चौथो वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगितामा शुक्रबार फाइनलमा प्रवेश गरेका छन्।

चावहिलमा भइरहेको प्रतियोगितामा बौद्धले फ्रिडम फाइटर क्लब ‘ए’ लाई टाइब्रेकरमा ३–१ गोलले पराजित ग¥यो। निर्धारित समयको खेल १–१ गोलको बराबरीमा टुंगिएको थियो। बौद्धका गोलरक्षक धर्मेन्द्र लामा ‘म्यान अफ द म्याच’ घोषित भए।

काठमाडौं महानगरपालिका वडा ७ द्वारा आयोजित प्रतियोगिताको अर्को सेमिफाइनलमा फ्रिडम फाइटर क्लब ‘बी’ ले जोरपाटी एफसीलाई ३–१ गोलले हरायो। विजयी टिमका लागि राजु तामाङले २ तथा निलेन्द्र देवानले १ गोल गरे। जोरपाटीका राकेश लामाले सान्त्वना गोल फर्काए। विजेताका नारोत्तम गौतम ‘म्यान अफ द म्याच’ चुनिए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको