माउन्ट ओलिभ च्याम्पियन

काठमाडौं ।  जेम्स स्कुलको आयोजनामा संचालन भइरहेको थन्डरबोल्ट्स कप २०२४ अन्तर्गत यु–१८ पुरुष समूहको भलिबल खेलमा माउन्ट ओलिभ स्कुल च्याम्पियन बनेको छ।

आज भएको फाइनलमा टोलीले नेपाल पुलिस स्कुललाई पराजित गर्यो। फुल्चोकी माविले तेस्रो स्थान हात पार्यो।

त्यस्तै बास्केटबलको यु–१८ छात्र र छात्रा दुवैको समूहचरणको खेल सकिएको छ। यु–१८ छात्रको समूह चरणको प्रतिस्पर्धाबाट निस्ट स्कुल, टाइम्स इन्टरनेसनल कलेज, गोल्डेन गेट इन्टरनेसनल कलेज, बर्नहार्ट कलेज, काठमान्डु वर्ल्ड स्कुल, रातो बङ्गला स्कुल,जेभियर इन्टरनेसनल कलेज र एलआरआई स्कुल क्वाटरफइनलमा प्रवेश गरेका छन्। यु–१८छात्रा तर्फ भने भ्याली पब्लिक स्कुल, बुढानिलकण्ठ स्कुल, काठमान्डु वर्ल्ड स्कुल, रिब्स स्कुल, जेम्सस्कुल, जेभियर इन्टरनेसनल कलेज, नामी कलेज र बर्नहार्ट कलेज आ-आफ्नो खेलमा विजयी  भई क्वाटरफाइनलमा प्रवेश गरेका छन्।

फुटबल खेलतर्फ १२ वर्ष मुनि छात्र समूहचरणको खेलमा लिटिल फ्लावर स्कुलले शिखर स्कुलका विरुद्ध ७–० गोलले पराजित गर्यो।

त्यसैगरी ब्लुम स्कुलले लर्डस लाइट एकेडेमीलाई ३–० को गोलले, जेम्स स्कुलले गोल्डेन स्कुललाई २–० गोलअन्तरले र एपिएफ स्कुलले सेन्ट जेभियर्स स्कुललाई ३–० को गोलले हरायो।

क्रिकेटतर्फ १८ वर्षमुनि छात्रको समूहचरणको प्रतिस्पर्धामा एलआरआई स्कुलले जेम्स स्कुललाई ४ विकेटले तथा भीएस निकेतन स्कुलले टेक्सस इन्टरनेसनल कलेजलाई ५रनले पराजित गर्यो। आजै भएको अर्को खेलमा टेक्सस इन्टरनेसनल कलेजले एलआरआई स्कुललाई ४३ रनले पराजित गर्यो।

जेम्स स्कुलको आयोजनामा भइरहेको थन्डर्स बोल्ट्स कपमा विभिन्न १२ खेलमा उपत्यका भित्र र बाहिरका गरी १४० विद्यालय र ४ हजार भन्दा बढी खेलाडीहरुबीच प्रतिस्पर्धा चलिरहेको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको