काठमाडौँ । स्वेता सदन र सुप्रिमले टप्स अन्तरविद्यालय फुटसल प्रतियोगिताको उपाधि जितेका छन्।
गोढुंगास्थित संस्कृति शिक्षा सदनमा शनिबार भएको प्रतियोगितामा स्वेता सदन सिनियर ब्वाइज तथा सुप्रिम जुनियर ब्वाइजमा पहिलो भएका हुन्।
सिनियर ब्वाइजमा ह्वाइट हेभन दोश्रो तथा ल्यान्डमार्क एकेडेमी तेश्रो भए। जुनियर ब्वाइजमा ह्वाइट हेभन दोश्रो तथा स्वेता सदन तेश्रो स्थानमा रहे।
टिम अफ प्रोग्रेसिभ स्कुल ९टप्स० द्वारा आयोजित प्रतियोगिताको सिनियर ब्वाइजमा सुप्रिमका निशान बराम उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ता तथा सुप्रिमकै अंकित कँडेल उत्कृष्ट गोलरक्षक भए।
जुनियर ब्वाइजमा पुकार कोइराला उत्कृष्ट खेलाडी, सागर माझी उत्कृष्ट गोलरक्षक र कविरजंग पाण्डे सर्वाधक गोलकर्ता बने। तीनै स्वेता सदनका हुन्।
विजेतालाई काठमाडौं प्याब्सनका अध्यक्ष प्रेमकुमार राई, टप्सका अध्यक्ष एवं ह्वाइट हेभनका प्रिन्सिपल भरतमणि पोखरेल, टप्सका इसीए कोओर्डिनेटर एवं तेजस्वीका प्रिन्सिपल थिरबहादुर बस्नेतलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे। तीनदिने प्रतियोगिताको सिनियर र जुनियर ब्वाइजमा समान १४–१४ टिम सहभागी थिए।