काठमाडौं । थन्डर बोल्ट्स कप २०२४ अन्तर्गत बास्केटबलको यु–१८ छात्रतर्फ टाइम्स इन्टरनेसनल कलेज, बर्नहार्ट कलेज, काठमान्डु वर्ल्ड स्कुल र जेभियर इन्टरनेसनल सेमी फाइनलमा प्रवेश गरेका छन्।
आज शनिवार भएको क्वार्टर फाइनलमा टाइम्स इन्टरनेसनल कलेजले निस्ट स्कुललाई ३७–३२ ले, बर्नहार्ट कलेजले गोल्डेनगेट इन्टरनेसनल कलेजलाई ५५–५४ ले, काठमान्डु वर्ल्ड स्कुलले रातो बङ्गला स्कुललाई ५२–४२ ले र जेभियर इन्टरनेसनल कलेजले एलआरआई स्कुललाई ३९–१८ ले पराजित गरे। त्यस्तै यु–१८ छात्रातर्फको क्वाटर फाइनलमा भ्याली पब्लिक स्कुलले बुढानिलकण्ठ स्कुललाई ४०–१७ ले, रिब्स स्कुलले काठमान्डु वर्ल्ड स्कुललाई २९–०७ ले, जेम्स स्कुलले जेभियर इन्टरनेसनल कलेजलाई ३६–३१ ले र नामी कलेजले बर्नहार्ट कलेजलाई ३४–०७ ले पराजित गर्यो।
यस्तै फुटबलतर्फ १२ वर्षमुनि छात्रसमूहको समूह चरणको खेलमा लिटिल एन्जेल्स स्कुलले जेम्स स्कुललाई २–० गोलले, एपिएफ स्कुलले नेपाल पुलिस स्कुललाई २–१ ले, जेम्स स्कुलले विनायक स्कुललाई ३–१ गोलले र मोलिस स्कुलले निस्ट स्कुललाई विरुद्ध ४–१ ले पराजित ग¥यो।
त्यसैगरी क्रिकेटतर्फ १८ वर्षमुनि छात्रको समूह चरण अन्तर्गतको जारी क्रिकेट प्रतिस्पर्धामा डिएभी स्कुलले ब्लुबर्ड कलेजलाई १० रनले, नेपाल पुलिस स्कुलले निस्ट स्कुललाई ५ रनले र डिएभी स्कुलले निस्ट स्कुललाई १४ रनले पराजित ग¥यो ।
त्यसैगरी डिएभी स्कुलले नेपाल पुलिस स्कुललाई ४ विकेटले, निस्ट स्कुलले ब्लुबर्ड कलेजलाई ९ रनले र नेपाल पुलिस स्कुलले ब्लुबर्ड कलेजलाई २ रनले पराजित ग¥यो । जेम्स स्कुलको आयोजनामा भइरहेको थन्डर्स बोल्ट्स कपमा विभिन्न १२ खेलमा उपत्यका भित्र र बाहिरका गरी १४० विद्यालय र ४ हजार भन्दा वढी खेलाडीहरु विच प्रतिस्पर्धा चलिरहेको छ ।