इनोभेटिभ र चैतन्य विजयी

काठमाडाैँ । इनोभेटिभ र चैतन्य शिक्षा संस्कारले १३औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा आइतबार जित हात पारेका छन्।

प्याब्सन मध्य क्षेत्रीय समितिको आयोजनामा भइरहेको प्रतियोगितामा इनोभेटिभले हेम्सलाई २३–३ ले सहजै पराजित ग¥यो। इनोभेटिभकी दिपासा खड्काले १० अंक योगदान गरिन्। अनिशा मगरको २२ अंक सहयोगमा चैतन्यले अवेरनेस इन्टरनेसनल एकेडेमी (एआईए) लाई ४०–५ ले हरायो। काठमाडौं जेभियर्स विरुद्धको खेलमा भने इनोभेटिभ ३२–१६ ले पछि प¥यो। काठमाडौं जेभियर्सकी अनमोल कुशुवारले १९ अंक स्कोर गरिन्।

सिनियर गल्र्समै एसियन पब्लिकले सनसाइनलाई २२–११ तथा श्रृजनशीलले अल्वर्टलाई १६–९ ले पाखा लगाए। एसियन पब्लिककी शिखा बोहराले १० तथा श्रृजनशीलका समी मगर र समृद्धि अर्यालले समान ४–४ अंक जोडे।

जुनियर ब्वाइजमा सनसाइनले काठमाडौं इङलिस स्कुल (केइएस) लाई २९–१३, हेम्सले चैतन्यलाई ३१–७ र लिटिल फ्लावरले अल्वर्टलाई ३३–२५ ले पन्छाए। सनसाइनका ऋतिक गिरीले २२, हेम्सका सत्यम ठाकुरले ८ र लिटिल फ्लावरका निशान थापाले १५ अंक बटुले।

सिनियर ब्वाइजमा एभरेष्ट फ्लोरिडाले एसियनलाई ३३–२२, स्वप्न वाटिकाले इकेडालाई ३२–८, एआईएले अल्वर्टलाई ३३–१५, काठमाडौं जेभियर्सले चैतन्यलाई २७–१७, मार्वलसले स्पाङ्गेललाई ४०–१९, हेम्सले केइएसलाई ४७–९ र सनसाइनले लिभरपुललाई ४८–४ ले पराजित गरे । डेनेबका विवेक बस्नेतले ११, स्वप्न वाटिकाका अर्जुन तामाङले ६, एआईएका इशकले ९, काठमाडौं जेभियर्सका प्रिन्सले ११, मार्वलसका सुविनले १३, हेम्सका सुवास राईले १३ र सनसाइनका सोनाम तामाङले २१ स्कोर गरे।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको