काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा तालिम तथा प्रशिक्षण विभागको व्यवस्थापनमा क्षमता अभिवृद्धि तालिम आइतबारदेखि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सुरु भएको छ।
तालिममा विभिन्न १३ खेलका २५ प्रशिक्षक सहभागी छन्। सहभागी मध्ये अधिकांश स्वयंसेवक प्रशिक्षक छन्।
साताव्यापी तालिमको राखेपका सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच उद्घाटन गरे।


