सनसाइन र काठमाडौं जेभियर्स क्वाटरफाइनलमा

काठमाडाैँ । सनसाइन र काठमाडौं जेभियर्स १३ औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा सोमबार क्वाटरफाइनलमा प्रवेश गरेका छन्।

सनसाइनले चैतन्य शिक्षा संस्कारलाई ४१–३१ ले पराजित ग¥यो। सनसाइनको जितमा सोनाम तामाङले २० अंक योगदान गरे। सुवर्ण भुजेलको ६ अंक सहयोगमा काठमाडौं जेभियर्सले लिभरपुललाई २७–५ ले हरायो। अल्वर्ट, अवेरनेसन इन्टरनेसनल एकेडेमी (एआईए), मार्वलस र हेम्स पनि क्वाटरफाइनलमा पुग्न सफल भए।

सिनियर गल्र्समा काठमाडौं जेभियर्स, स्पाङ्गेल, एसियन पब्लिक, श्रीजन्शिल, स्वप्न वाटिका, लिभरपुल, चैतन्य र इनोभेटिभले क्वाटरफाइनलमा स्थान सुरक्षित गरे।
जुनियर ब्वाइजमा काठमाडौं जेभियर्स, एसियन पब्लिक, लिटिल फ्लावर, सनसाइन, एआईए र स्पाङ्गेलले क्वाटरफाइनल यात्रा तय गरे।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको