महिला फुटबल टिम सम्मानित

सिन्धुपाल्चाेक । भोटेकोशी गाउँपालिकाले साफ महिला फुटबल च्याम्पियनसिपको उपविजेता नेपालीलाई नगदसहित सम्मान गरेको छ।

गाउँपालिकाले राष्ट्रपति रनिङ सिल्डको अवसरमा २३ खेलाडी र ३ प्रशिक्षक गरी २६ जनालाई एकमुष्ट १३ लाख रुपैयाँसहित प्रशंसा पत्रबाट सम्मान गरेको हो।

गाउँपालिकाका अध्यक्ष पासाङ शेर्पाले नेपाल महिला फुटबल संघकी अध्यक्ष एवं राष्ट्रिय खेलकुद परिषद्की पूर्व सदस्य पेमा डोल्मा लामालाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे। पेमा डोल्मा लामाकै पहलमा गाउँपालिकाले टोलीलाई सम्मान गरेको हो।

सोही अवसरमा राष्ट्रपति रनिङ सिल्डमा सहभागी छात्रा खेलाडीलाई युक्ति फाउन्डेसनले सेनिटरी प्याड हस्तान्तरण गरेको थियो। फाउन्डेसनकी अध्यक्ष युक्ति लामा श्रेष्ठले व्यक्तिगत रुपमा खेलाडीलाई प्याड प्रदान गरेको लामाले जानकारी गराइन्। उनीहरुलाई महिला फुटबल टोलीका खेलाडीले प्याड प्रदान गरे।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको