काठमाडौं । अल इफुटबल इस्पोर्ट्स प्रालीको आयोजनामा इफुटबल इस्पोर्ट्स लिग आयोजना हुने भएको छ।
आयोजकले मंगलबार भक्तपुरका पत्रकार सम्मेलन गर्दै प्रतियोगिता यही पुस २१ गतेदेखि सुरु हुने जानकारी गराएको हो।
पछिल्लो समयमा नेपालमा इस्पोर्ट्सको बढ्दो क्रेसलाई मध्यनजर गर्दै पहिलो पटक इफुटबल आयोजना गर्न लागेको आयोजक संस्थाका सागर घिमिरेले जानकारी दिए।
प्रतियोगितामा ५० देखि ६० खेलाडीको सहभागिताको अपेक्षा रहेको घिमिरेले जानकारी दिए। प्रतियोगिता च्याम्पियन्स लिग फर्म्याटमा आयोजना गरिनेछ। ‘लिग चरण देखि क्वाटरपाइनलसम्मका खेलहरु घरबाटै अनलाइनमा खेलाइनेछ। सेमिफाइनल र फाइनल खेल भौतिक रुपमा गर्नेछौं।’
अन्तिम चरणको खेल एक दिन सञ्चालन हुने सागर घिमिरेले बताए। प्रतियोगिताको लागि ५०० दर्ता शूल्क तोकिएको छ। यस्तै प्रतियोगिताको कूल पुरस्कार राशी १ लाख रहेको छ।
यस प्रतियोगिताबाट खेलाडी उत्पादनमा सहयोग पुग्ने र आर्थिक रुपमा समेत खेलाडीलाई फाइदा पुग्ने आयोजकको विश्वास छ।
*यसअघि लेखिएकाे शीर्षकमा अन्यथा भएकाेले पुन:सच्याइएकाे छ।