जेम्सले जित्यो थन्डरबोल्ट्स कपको उपाधि

काठमाडौं । दोस्रो  थन्डरबोल्ट्स कप २०२४ को उपाधि जेम्स स्कुलले जितेको छ।

मंगलबार भएको अन्तिम प्रतिस्पर्धाको नतिजामा कुल ४८ अंक जोड्दै जेम्स च्याम्पियन बनेको हो।

त्यस्तै एभीएम स्कुलले दोस्रो तथा नेपाल पुलिस क्लबले तेस्रो स्थान हात पारे। दुबै स्कुलले समान २३ अंक प्राप्त गरेको भएपनि वढी स्वर्ण पदक जितेको आधारमा एभीएम दोस्रो स्थानमा रहन सफल भयो।

एघार खेल, २८ विधा र त्यस अन्तर्गतका विभिन्न प्रतिस्पर्धाबाट सबैभन्दा बढी अंक प्राप्त गरेको जेम्सले च्याम्पियन्स कपसहित ५ लाख नगद प्राप्त गर्यो। पहिलो संस्करणमा पनि जेम्स स्कुल नै च्याम्पियन बनेको थियो।

एघार दिन लामो चलेको प्रतियोगितामा उपत्यका भित्र र बाहिरका गरी १ सय ४० भन्दा बढी स्कुल र ४ हजारभन्दा बढी विद्यार्थीहरुको सहभागिता रहेको आयोजकले जनाएको छ। प्रतियोगिताको विजेताहरुलाई प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले विजेता छात्र–छात्रा, विजेता टिम र विजेता स्कुललाई मेडल तथा ट्रफी प्रदान गरे।

आयोजक स्कुलकातर्फबाट खेलकुद निर्देशक सौरभ सिंहले आउँदा वर्षमा देशव्यापी रुपमा अझ धेरै विद्यालयहरुको सहभागिता रहने गरी आउँदो वर्षको प्रतियोगिता झन ठूलो रुपमा आयोजना गर्ने बताए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको