सिन्धुपाल्चोक । चौथो संस्करणको मालिका देवी कप खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिताको विजेता धार्पा युवा क्लबले बाह्रबिसे नगरपालिकाका विद्यालयहरुमा शैशिक सामग्री वितरण गर्ने भएको छ।
क्लबे विजेताबाट प्राप्त १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ बराबरको रकमले बाह्रबिसेका विभिन्न विद्यालयमा पुस ११ र २२ गते (बिहिवार र शुक्रबार) २५०० थान कपि, २५०० थान कलम र अन्य खेलकुद सामाग्री बितरण गर्ने क्लबका सदस्य गणेश लामाले जानकारी दिए।
मेलचाैर युवा जागरण समाजद्वारा आयाेजित प्रतियाेगिता गत कातिक १० गते चौतारा साँगाचोकगढी नगरपालिका ७ मेलचौरस्थित दरबारडाँडा खेल मैदानमा सम्पन्न भएकाे थियाे। साे फाइनल खेलमा सुनकोसी गाउँपालिका वडा नं ३ विरुद्ध ३–० गोलको सहज जित निकाल्दै धार्पाले उपाधि चुमेको थियो।
