भेट्रान फुटबल पुस अन्तिम साता हुने

काठमाडौं । ललितपुर मेयर कप भेट्रान फुटबल प्रतियोगिता पुसको अन्तिम साता हुने भएको छ।

कुसुन्ती युवा क्लब तथा ललितलपुर महानगरपालिका वडा–१३ स्तरिय युवा क्लबको संयुक्त आयोजनामा हुने दोस्रो संस्करण पुस २२ देखि २९ सम्म हुने भएको छ।

आयोजकले बुधबार पत्रकार सम्मेलनमार्फत प्रततियोगिताको बारेमा जनाकरी दिएको हो।

जावलाखेल मैदानमा हुने प्रतियोगितामा ३२ टोलीको सहभागिता रहने आयोजकको अनुमान छ। यस्तै प्रतियोगितामा सहभागिताको लागि हालसम्म २२ टोलीले नाम दर्ता गराइसकेका छन्।

प्रतियोगितामा सहभागिताका लागि १० हजार रुपैयाँ तिरेर नाम दार्ता गर्न सकिने आयोजकले बनाएको छ। उपत्याबाहिरबाट नवलपुर र वीरगन्जका टोलीले सहभागिता जनाउने र उनीहरुको दर्ता शुल्क नलिइएको आयोजकले जानकारी दिएको छ।

प्रतियोगितामा सहभागी टोलीले ४० वर्षभन्दा माथिका चार, ४५ वर्षभन्दामाथिका तीन र ५० वर्षभन्दामाथिका एक खेलाडी खेलाउनु पर्नेछ।

प्रतियोगिताको विजेताले २ लाख, उपविजेताले १ लाख रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। प्रतियोगिताको सर्वोकृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, रक्षक र फरवार्डलाई ५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

अनुमानित बजेट १८ लाख रुपैयाँ रहेको प्रतियोगिताका सञ्चालनका लागि ललितपुर महानगरपालिका वडा–१३ ले ५ लाख रुपैयाँ सहजयोग गरेको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको