हेटौंडा । दोस्रो संस्करणको बागमती प्रदेश फुटबल लिग हेटौंडाको पिप्ले–क्याम्पा रंगशालामा सुरु भएको छ।
उद्घाटन खेलमा चित्लाङ एफसी काठमाडौंले माउन्ट एभरेस्ट एफसी काभ्रेलाई ३–० ले पराजित गर्दै विजयी सुरुआत गरेको छ।
काठमाडौंको जितमा अंकित रास्कोटीले ह्याट्रिक गरे। उनले खेलको छैठौँ, २०औँ, र ७९औँ मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे।
ह्याट्रिक गर्दै आफ्नो टोलीलाई शानदार जित दिलाएका रास्कोटी खेलको म्यान अफ द म्याच घोषित भए। उनले नगद ३ हजार प्राप्त गरे।

समूह ‘ए’ अन्तर्गतको पहिलो खेलमा विजयी हासिल गरेको चित्लाङले तीन अंक जोडेको छ।
लिग अन्तर्ग विहिवार दुईवटा खेल हुने छ।
