मकवानपुर । बागमती प्रदेश लिग फुटबलको दोस्रो दिन दुई खेल हुँदैछ ।
अखिल नेपाल फुटबल संघ ९एन्फा० को आयोजना तथा मकवानपुर जिल्ला फुटबल संघको संयोजनमा भएको प्रतियोगिताको पहिलो खेलमा आज समुह डि मा रहेको बट्टर युथ क्लब नुवाकोटले टाइगर टिम दोलखाको सामना गर्ने छ।
मध्यान्न १२स्३० बजेबाट सुर हुने खेलमा दुबै टोली जित निकाल्दै प्रतियोगितामा सुखद शुरुवात गर्न चाहान्छ।
यस्तै आजै दिउँसो ३स्०० बजेबाट सुरु हुने दोस्रो खेलमा समुह ए मा रहेका थिमी युथ क्लब भक्तपुर र ब्लु अल्पाइन सिन्धुलीबिच प्रतिष्पर्धा हुँदै छ । दुबै टोली उच्च मनोबल लिएर मैदान उत्रिदै छन् ।
यसअघि प्रतियोगिता अन्तर्गत बुधबार भएको उद्घाटन खेलमा चित्लाङ फुटबल क्लब काठमाडौंले माउन्ट एभरेस्ट एफसी काभ्रेलाई ३–० गोल अन्तरले पराजित गर्दे सुखद शुरुवात गरेको थियो ।
प्रतियोगितामा बिजेता तथा उपविजेताले नगद दुई लाख र एक लाख शिल्ड तथा प्रमाणपत्र प्राप्त गर्नेछन्। प्रतियोगितामा ३१ लाख खर्च हुने अनुमान आयोजकले गरेको छ।
लिगमा मकवानपुरको पदमपोखरी युवा क्लब, बिएफसी चितवन, धुनिवेशी युथ समाज धादिङ, बट्टर युथ क्लब नुवाकोट, चित्लाङ फुटबल क्लब काठमाडौं, थिमी युथ क्लब भक्तपुर, माउन्ट एभरेस्ट एफसीकाभ्रे, चौतारा स्पोर्टिङ सिन्धुपाल्चोक, टाइगर टिम दोलखा, ब्लु अल्पाइन सिन्धुली र ललितपुरको क्लब सहभागी हुनेछन्।
