थ्री स्टारलाई सिल्भर रेको प्रायोजन

काठमाडौं । एन्फा यु–१६ लिगका लागि थ्री स्टार क्लबले अस्ट्रेलियाको सिल्भर रे रिअल्टीले प्रायोजन पाएको छ।

थ्री स्टारले बिहीबार सामाजिक संजालमार्फत प्रायोजन सम्झौता भएको जानकारी दिएको हो।

क्लबका अध्यक्ष ज्ञानबहादुर शाक्य र सिल्भर रेका निर्देशक अरुण तिवारीले सम्झौता पत्रमा हस्ताक्षर गरे। तिवारी थ्री स्टारको अधिकारीक फ्यान क्लब ‘वि आर स्टार्स’ का पूर्व अध्यक्ष पनि हुन्।

क्लबले सम्झौता लगत्तै प्रतियोगितामा प्रयोग गर्ने जर्सी पनि सार्वजनिक गरेको छ। क्लबले ‘ए’ डिभिजनमा डेब्यू गर्दाको जर्सीप्रेरित डिजाइन यस पटक यु–१६ लिगमा प्रयोग गर्ने भएको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको