एनआरटी फाल्गुनन्द गोल्डकपकको सेमिफाइनलमा


काठमाडौं । सल्हेश युवा क्लब सिरहालाई टाइब्रेकरमा ५–४ गोलअन्तरले पराजित गर्दै न्यू रोड टिम ९एनआरटी० फिदिममा जारी एघारौँ फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ।

फिदिम माध्यमिक विद्यालयको खेलमैदानमा बिहिवार सम्पन्न खेलको निर्धारित समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि ट्राइब्रेकरमा गएको थियो।

टाइब्रेकरमा एनआरटिका कृतिश छुर्ज, अभिषेक लिम्बू, कार्लोस, सरोज तामाङ र अञ्जन विष्टले गोल गरे। सल्हेशका कुलदीप कार्की, विवेक राई, दोर्जे तामाङ र फागुराम थारुले गोल गरेपनि विदेशी खेलाडी हेनरीको प्रहार एनआरटीका गोलरक्षक प्रमिजय गच्छदारले बचाएपछि जित सुनिश्चित भएको थियो।

खेलको उत्कृष्ट खेलाडी एनआरटीका अभिषेक लिम्बू घोषित भइ रु १० हजार पुरस्कार प्राप्त गरे। क्वाटरफाइनल सकिएपछि सेमिफाइनलको समीकरण पूरा भएको छ। शुक्रबार पहिलो सेमिफाइनल खेल आयोजक फिदिम स्पोर्टिङ क्लब र चर्च ब्वाइज युनाइटेडबीच हुने छ।

शनिबार एनआरटीले मछिन्द्र क्लबको सामना गर्ने छ। फाइनल खेल यही पुस १५ गते हुने छ। प्रतियोगिताका विजेताले रु १० लाख तथा उपविजेताले रु पाँच लाख पुरस्कारसहित ट्रफी प्राप्त गर्ने छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको