बागमती प्रदेश लिग : टाइगर र ब्लु अल्पाईन विजयी

हेटौंडा । मकवानपुरको हेटौंडामा जारी दोस्रो बागमती प्रदेश लिग फुटबल प्रतियोगितामा दोलखाको टाइगर टिम र सिन्धुलीको ब्लु अल्पाईन क्लबले जित हासिल गरेका छन् ।

हेटौंडा–५, स्थित पिप्ले–क्याम्पा रंगशालामा बिहीबार भएको पहिलो खेलमा टाइगर टिमले नुवाकोटको बटार युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको हो।

टाइगर टिमका लागि सुजन माझी र संग्राम श्रेष्ठले गोल गरे भने किशोर पण्डितले पेनाल्टी मार्फत एक मात्र गोल गरे।

खेलको म्यान अफ द म्याच दोलखाका सुजन माझी घोषित भएका भए। उनले पुरस्कार वापत नगद ३ हजार रुपैयाँ र ट्रफी प्राप्त गरे।

त्यस्तै दोस्रो खेलमा सिन्धुलीको ब्लु अल्पाईन क्लबले भक्तपुरको थिमी युथ क्लबलाई ३–० गोल अन्तरले पराजित गरेको छ। सिन्धुलीको जितमा सञ्जिव धामी, समिर धामी र रवी महतराले गोल गरे। खेलको म्यान अफ द म्याच सिन्धुलीका रवि महतरा घोषित भए।

प्रतियोगिता अन्तर्गत शुक्रबार हुने पहिलो खेलमा धादिङको धुनिवासी युवा समाज र मकवानपुरको पदमपोखरी युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ भने दिउँसो ३ बजे हुने दोस्रो खेलमा काभ्रेको माउण्ट एभरेष्ट एफसी र चितवनको भक्तपुर फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ।

लिगमा मकवानपुरको पदमपोखरी युवा क्लब, बिएफसी चितवन, धुनिवेशी युथ समाज धादिङ, बट्टर युथ क्लब नुवाकोट, चित्लाङ फुटबल क्लब काठमाडौं, थिमी युथ क्लब भक्तपुर, माउन्ट एभरेस्ट एफसीकाभ्रे, चौतारा स्पोर्टिङ सिन्धुपाल्चोक, टाइगर टिम दोलखा, ब्लु अल्पाइन सिन्धुली र ललितपुरको क्लब सहभागी हुनेछन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको