काठमाडौं। चौतारा स्पोर्टिङ्ग क्लबले बागमती प्रदेश लिगमा शानदार जीत हासिल गरेको छ।
बागमती प्रदेशको राजधानी हेटौंडामा शनिबार भएको दिनको दोस्रो खेलमा चौताराले थिमी युथ क्लब भक्तपुरलाई ४-२ गोल अन्तरले पराजीत गरेको हो।
चौताराको जीतमा एलिक श्रेष्ठ दुई गोल, सागर तामाङ, क्रिस सापकोटाले एक एक गोल गरे।
चौतारा स्पोर्टिङ्ग सिन्धुपाल्चोक जिल्ला लिग च्याम्पियन हो भने थिमी भक्तपुर जिल्ला लिग च्याम्पियन हो।


