काठमाडौँ । आन्तरिक पर्यटन प्रवर्द्धन र फुटसल खेलको विकासका लागि रसुवा जिल्लाकै इतिहासमा पहिलोपटक राष्ट्रिय स्तरको फुटसल प्रतियोगिता आयोजना हुने भएको छ।
एकेडेमीक नलेजेएबल इन्टेलेक्चुएल अबलेज सोसाइटीको आयोजनामा हुने प्रतियोगिता आगामी माघ २ गतेदेखि ८ गतेसम्म रसुवाकाे धुन्चेमा सञ्चाल हुनेछ। खेलहरु लिग चरणमा हुनेछ भने हरेक खेलको म्यान अफ दि म्याच, गोल अफ द म्याच, मोमेन्ट अफ द म्याच र सेभ अफ द म्याचले ट्रफी पाउने छन्।
यस्तै, प्रतियोगिताको विजेताले नगद दुई लाख दुई हजार २२२ रुपौँयासहित ट्रफी मेडल पाउने छ भने उपविजेताले एक लाख एक हजार १११ रुपौँया पाउने आयोजकले जनाएको छ। २४ टिम भन्दाबढी सहभागि भएमा तेस्रो हुने टिमले ३५ हजार ३५ र २८ टिम भन्दाबढी सहभागि भएकाे खण्डमा चाैथाे हुने टिमले १५ हजार ०१५ रुपौँया पाउनेछ।
फेयर प्ले टिमले १५ हजार ५५५ पाउँदा उत्कृष्ट खेलाडीले नगद तीन हजार, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट फरवार्ड, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता, उदयीमान खेलाडीले समान एक हजार ट्रफी मेडल र प्रमाणपत्र पाउने छन्।
पुस १५ गतेसम्म टिम दर्ताको लागि समय तोकिएको छ भने टिम दर्ता शुल्क १२ हजार लाग्नेछ।
यस्तै प्रतियोगितामा सहभागि टिमका खेलाडीलाई निशुल्क आवासको ब्यवस्था गरिएको छ भने खानाको ब्यवस्था अफैले गर्नुपर्ने आयोजकले जनाएका छन्। सहभागि टिमका हरेक खेलाडीहरुको दुई लाख बराबरको विमा तथा यातायात सेवामा २० प्रतिशत छुटको ब्यवस्था गरिएकाे योजकले जनाएको छ।


