काठमाडौँ । कागलीअरीलाई पराजित इन्टर मिलान इटालियन सिरी ए फुटबलको दोस्रो स्थानमा उक्लिएको छ।
शनिबार राति भएको खेलमा इन्टर मिलानले कागलीअरीलाई ३–० गोल अन्तरले पराजित गरेको हो।
इन्टर मिलानको जितमा अलेसान्द्रो बास्टोनी, लाउतारो मार्टिनेज र हकान कलहानोग्लुले एक एक गोल गरे।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो भने दोस्रो हाफमा मिलानले सानदार पुनरागमन गर्दै तीन गोल गर्न सफल भयो।
जितसँगै मिलानको १७ खेलमा ४० अंक भएको छ। शीर्ष स्थानमा रहेको एटलान्टा भन्दा एक खेल कम खेलेको मिलान एक अंकले पछि छ ।
पराजित कागलीअरीको १८ खेलबाट १४ अंकसहित १८औं स्थानमा छ।
