काठमाडौं । नेपाल भलिबल संघ (एनभिए)को साधारणसभा सिन्धुपाल्चोक जिल्लाको सुकुटे बजारमा आगामी माघ ६ गते हुने भएको छ।
संघले आइतबार सुचना जारी गर्दै ११औं साधारणसभाको मिति तय गरेको हो। यसअघि नै ४२औं कार्य सम्पादन समितिको साधारणसभा माघ ६ मा गर्ने निर्णय गरेको थियो।
जितेन्द्रबहादुर चन्दको अध्यक्षमा बस्ने साधारणसभाले वार्षिक कार्यप्रगति, आगामी योजना उपर छलफल हुने जनाएको छ।
यस्तै, कोषाध्यक्षले आर्थिक प्रतिवेदनसहित वित्तीय विवरण पारित गर्ने कार्यक्रम र लेखा परिक्षक नियुक्ती साथै पारिश्रमिक निर्धारण गर्ने जनाइएको छ।

