धार्पा युवा क्लबले बाढ्यो शैक्षिक तथा खेलकुद सामग्री

सिन्धुपाल्चोक । धार्पा युवा क्लबले फुटबल प्रतियोगिताबाट जितेको रकम खर्च गरेर बाह्रबिसे नगरपालिकामा शैक्षिक सामग्री बितरण गरेको छ।

क्लबका सदस्य गणेश लामाका अनुसार १२ विद्यालयमा शैक्षिक सामग्री र दुई विद्यालयमा खेलकुद सामग्री बितरण गरेकाे हाे। क्लबले पुस १२ र १३ गते उक्ता सामग्री बाँडेकाे थियाे।

मेलचौर युवा जागरण समाजद्वारा आयोजित चौथो संस्करणको मालिकादेवी कप खुला सेभेन ए साइड फुटबल प्रतियोगितामा विजेता धार्पा युवा क्लबले एक लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ जितेको थियो।

क्लबले जितेको रकमबाट २५ सय थान कापी र २५ सय थान कलम बितरण गरेको हो। उक्त शैक्षिक सामग्री बाह्रबिसे नगरपालिका वडा नं ३ भित्र रहेका गणेश आधारभुत बिधालय, किल्लेश्वरी आबि, नारायण आबि, बागेश्वरी आबि, बाह्रदेवी आबि, महाकाली आबि बाह्रबिसे ४, सेतीदेवी आवि बाह्रबिसे २, ईश्वरीमाला आबि बाह्रबिसे २, सीताराम आबि बाह्रबिसे ८, हिमचुली आबि बाह्रबिसे ९, दीपज्योती आवि बाह्रबिसे ६ र बासुकीदेवी आवि बाह्रबिसे ७ लाई वितरण गरिएको छ।

क्षेमादेबी मावि बाह्रबिसे ३ र खडादेवी निमावि बाह्रबिसे ५ लाई खेलकुदका सामग्री वितरण गरेको थियो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको