मकावनपुर । हेटौंडमा जारी दोस्रो संस्करणको बागमती प्रदेशस्तरीय लिग फुटबल प्रतियोगिता–२०८१ अन्तर्गत सोमबार दिनको पहिलो खेलमा सिन्धुपाल्चोक जिल्ला लिग च्याम्पियन चौतारा स्पोर्टिङ्गले सिन्धुलीको लिग च्याम्पियन ब्ल्यु आल्पाइन क्लबको सामना गर्दै।
हेटौंडा–५, स्थित पिप्ले–क्याम्पा रंगशालामा हुने यी दुई टोलीबीचको खेल दिउँसो १२:३० बजेबाट सुरु हुनेछ।
समूह बी मा रहेका दुबै टोलीले यसअघिका आ आफ्नो खेलम विजयी हासिल गर्दै पहिलो खेलबाट तीन अंक जोडेका थिए। दुबै टोलीले भक्तपुर लिग च्याम्पियन थिमी युथ क्लबलाई पराजित गरेका हुन्।
ल्ब्लु आल्पाइनले ३-० तथा चौताराले ४-२ गोलले पराजित गरेका हुने। यस खेलको विजेता टोली समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गर्ने छन्।
प्रतियोगिताको उपाधि विजेता टिमले २ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले १ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन्। विधागत उत्कृष्ट खेलाडीलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ।
लिगमा मकवानपुरको पदमपोखरी युवा क्लब, बिएफसी चितवन, धुनिवेशी युथ समाज धादिङ, बट्टर युथ क्लब नुवाकोट, चित्लाङ फुटबल क्लब काठमाडौं, थिमी युथ क्लब भक्तपुर, माउन्ट एभरेस्ट एफसीकाभ्रे, चौतारा स्पोर्टिङ सिन्धुपाल्चोक, टाइगर टिम दोलखा, ब्ल्यु अल्पाइन सिन्धुली र ललितपुरको क्लब सहभागी हुनेछन्।
