प्रिमियर लिग : पाँच खेलपछि सिटीकाे पहिलो जित

काठमाडौं । पाँच लिग खेलपछि म्यानचेष्टर सिटीले पहिलो जित निकालेको छ।

लगातार खराब प्रदर्शनबाट गुज्रिरहेको सिटीले आइतबार राति भएको खेलमा लेष्टर सिटीलाई २–० ले पराजित गरेको हो।

सिटीको जितमा ब्राजेलियन स्टार साभिन्हो र नर्वेजियन एर्लिङ हाल्यान्डले समान एक गोल गरे।

सिटीभन्दा शीर्ष स्थानको लिभरपुलले १४ अंकको अग्रता बनाएको छ। १८ खेलबाट लिभरपुलले ४५ तथा १९ खेलबाट सिटीको ३१ अंक छ।

आइतबार रातिको जितपछि सिटी पाँचौ स्थानमा उक्लिएको छ। सिटीले आफ्ना प्रशिक्षक पेप ग्वार्डिओलाको विशेष ५००औं खेलमा विजयी हासिल गरेको हाे।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको