काठमाडौं । बागमती प्रदेशको राजधानी हेडौंटामा जारी दोस्रो संस्करणको बागमती प्रदेशस्तरीय लिग फुटबल प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा सिन्धुपाल्चोक जिल्ला लिग च्याम्पियन चौतारा स्पोर्टिङ्ग क्लब सिन्धुलीको लिग च्याम्पियन ब्ल्यु आल्पाइन क्लबसँग पराजित भएको छ।
हेटौंडा–५, स्थित पिप्ले–क्याम्पा रंगशालामा भएको खेलमा चौतारा २–१ गोलले पराजित भएको हो। यी तीनै गोल पहिलो हाफमा सम्भ्व भएको थियो।
यो पराजयसँगै समूह बी मा रहेको चौतारा प्रतियोगिताबाट बाहिरिएको छ। विजयी ब्ल्यु भने समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ।
यसअघि समूह चराणको खेलमा ब्ल्यु आल्पाइनले ३(० तथा चौताराले ४(२ गोल थिमी युथ क्लब भक्तपुरलाई पराजित गरेका थिए।
प्रतियोगिताको उपाधि विजेता टिमले २ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले १ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन्। विधागत उत्कृष्ट खेलाडीलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ।
लिगमा मकवानपुरको पदमपोखरी युवा क्लब, बिएफसी चितवन, धुनिवेशी युथ समाज धादिङ, बट्टर युथ क्लब नुवाकोट, चित्लाङ फुटबल क्लब काठमाडौं, थिमी युथ क्लब भक्तपुर, माउन्ट एभरेस्ट एफसीकाभ्रे, चौतारा स्पोर्टिङ सिन्धुपाल्चोक, टाइगर टिम दोलखा, ब्ल्यु अल्पाइन सिन्धुली र ललितपुरको क्लब सहभागी हुनेछन्।


