चेल्सी पराजित

काठमाडौँ । लण्डन क्ल्ब चेल्सी आइपीस्वीच टाउनसँग पराजित भएको छ।

प्रिमियर लिग अन्तर्गत सोमबार राति भएको खेलमा टाउनले चेल्सीलाई २–० ले पराजित गरेको हो।

टाउनको जितमा लियाम डेलाप र ओमारी हटचिनसनले एक एक गोल गरे।

जितसँगै १९ खेलबाट १५ जोडेको आइपीस्वीच टाउन १८औं स्थानमा उक्लिएको छ।

पराजित चेल्सीको भने यस सिजनमा यो चौथो हार हो। १९ खेलबाट ३५ अंक रहेको चेल्सी तेस्रो स्थानमा छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको