काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले एन्फा राष्ट्रिय महिला लिगको दोस्रो चरणमा विजयी सुरुआत गरेको छ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा बिहिबार भएको खेलमा आर्मीले बागमती युवा क्लबलाई २–० ले पराजित गरेको हो।
आर्मीलाई जित दिलाउन दुवै गोल विंगर विमला चौधरीले गरिन्। उनले पहिलो र दोस्रो हाफमा समान एक गोल गरेकी थिइन्।
विमलाले खेलको २५औं मिनेटमा विमला विकको पासलाई पोस्टको दिशा दिएकी थिइन्। ७१औं मिनेटमा विमलाले व्यक्तिगत तथा टोलीका लागि दोस्रो गोल गरिन्।


