दोस्रो प्रविण घले स्मृति कपको मिति परिर्वतन, अब माघ १ गतेदेखि सुरु हुने

सिन्धुपाल्चोक । दोस्रो संस्करणको प्रविण घले स्मृति कप खुल्ला सेभेन ‘ए’ साइड फुटबल प्रतियोगिताको मिति परिर्वतन भएको छ।

लिल फङ (घले समाज) सिन्धुपाल्चोकको आयोजनामा हुने प्रतियोगिता आगामी माघ १ गतेदेखि मा ७ गतेससम्म हुने भएको हो।

यसअघि पुस २४ देखि माघ १ गतेसम्म सञ्चालन हुने तालिका थियो। तर, प्राविधिक कारण कारणले मिति परिवर्तन गर्नु परेको आयोजकले बिहीबार जनाकारी दिएको हो।

प्रतियोगिताको विजेताले नगद १ लाख ६० हजार पाउने छ भने उपविजेताले ८० हजार पाउने छ। प्रतियोगिताको पुरस्कार राशि गत बर्षको तुलनामा करिब ९ हजार रुपैयाँले बढी हो।

गत संस्करण रोयल फेमिलीले चौताराले बाह्रदेवी युवा क्लब बाह्रविसेलाई हराउँदै प्रतियोगिताको उपाधि जितेको थियो।

यस्तै, प्रतियोगितामा टिम दर्ताको लागि पुस २७ गते‍ अन्तिम मिती तोकिएको छ। टिम दर्ताको लागि ७ हजार ५०० रुपैयाँ लाग्ने छ भने प्रतियोगिता अवधिभर सहभागि टिमका खेलाडीको बिमा पनि रहने आयोजकले जनाएको छ।

प्रतियोगिताका सबै खेल सदरमुकाम चौतारास्थित मिनी रंगाशालामा सञ्चालन हुनेछ। प्रतियोगितामा १६ टिम सहभागी गराउने आयोजकले जनाएको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको