जय ट्रफी : पहिलो दिन दुई खेल हुँदै

काठमाडौं । जय ट्रफी पुरुष एलिट कपको पहिलो दिन आइतबार दुई खेल हुँदैछन्।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने यसप्रतियाेगिता पुस २९ गतेसम्म मधेश प्रदेशको जनकपुर र वीरगन्जमा हुनेछ।

पहिलाे खेल वीरगंजमा दुई विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी खेल्दैछन्। यसैगरी जनकपुरमा बागमती प्रदेश र मधेश प्रदेशका आमने सामने हुँदैछन्। दुवै खेल बिहान ९ बजे सुरु हुनेछ।

लिग चरणका खेल दुई दिवसीय हुने छ। एक दिनमा ११० ओभरको खेल हुनेछ।

यो प्रतियोगितामा प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताको शीर्ष चार टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, बागमती प्रदेश तथा मधेश प्रदेशले प्रतिस्पर्धा गर्नेछन्।

लिग चरणमा एक अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोलीले फाइनलमा स्थान बनाउने छन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको