खुमलटारविरुद्ध संकटाको जित


काठमाडौं । एन्फा यु–१६ युथ लिगमा संकटा फुटबल क्लबले विजयी हासिल गरेको छ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा सोमबार भएको खेलमा संकटाले एफसी खुमलटारमाथि ४–१ को सहज जित निकालेको हो।

संकटाको सहज जितमा पेम्बाले ह्याट्रिक गर्दा एल्सन राईको नाममा एक गोल रह्यो। खुमलटारका लागि सूर्य थापामगरले गोल फर्काए।

खेलको आठौं मिनेटमा एल्सनको गोलमार्फत संकटाले अग्रता लिएको थियो।

जितसँगै सुखद सुरुआत गरेको संकटाले तीन अंक जोडेको छ। खुमलटारले हारबाट प्रतियोगिता सुरु गरेको छ।

सामबारै सम्पन्न पहिलो खेलमा थ्री स्टार क्लब र विभागीय टोली नेपाल एपिएफ फुटबल क्लबले गोलरहित बराबरी खेलका छन्।

यो नतिजासँगै दुवै टोलीले एक एक अंक बाँडेका छन्।

तस्बिर : एन्फा


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको