रियाल मड्रिड अन्तिम १६ मा

काठमाडौं । चौथो डिभिजनको क्लब डिपोर्टिभा मिनेराविरुद्ध ५–० को सानदार जित हासिल गर्दै रियाल मड्रिड स्पेनिस कोपा डेल रेको अघिल्लो चरणमा प्रवेश गरेको छ।

मिनेराको घरेलु मैदान कार्टागोनोभा रंगशालामा रियाललाई जित दिलाउन आर्दा गुलेरले दुई तथा फेडेरिको भाल्भर्डे, एडुआर्डो कामाभिंगा र लुका मोड्रिचले समान एक गोल गरे।

खेलको पाँचौं मिनेटमा भाल्भर्डेको गोलमार्फत रियालले अग्रता लिएको थियो।

जितसँगै रियाल मड्रिड अन्तिम १६ मा प्रवेश गरेको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको