फ्रेन्ड्स भेट्रान विजयी

काठमाडाैँ । कुपण्डोल फ्रेन्ड्स भेट्रानले दोस्राे संस्करणको ललितपुर मेयर कप भेट्रान फुटबल प्रतियोगितामा जित हात पारेको छ।

जावलाखेल मैदानमा कुपण्डोल फ्रेन्ड्स भेट्रानले मंगलबार डिल्लीबजारलाई ६–० को फराकिलो गोलअन्तरले पराजित ग¥यो। फ्रेन्ड्सका लागि हर्कराज थापाले २ तथा महेन्द्र खवास, सुनिल सुवेदी, चन्द्र तामाङ र हरिहर थापाले समान १–१ गोल गरे।

श्री कुसुन्ती युवा क्लब र ललितपुर महानगरपालिका वडा १३ द्वारा संयुक्त आयोजित प्रतियोगितामा बीबीसी र जोरपाटी भेट्रान विजयी भए। बीबीसीले तार्केश्वर युथ क्लबलाई ३–१ गोलले हरायो। बीबीसीका दीपक लामा, नवीन न्यौपाने र आकाश छन्त्यालले गोल गरे। तार्केश्वरका सूर्य गर्तौलाले सान्त्वना गोल गरे।

जोरपाटीले टीवाईएन नख्खु भेट्रानलाई २–० गोलले पाखा लगायो। जोरपाटीका लागि तीर्थ लामा र रन्जित लामाले गोल गरे। त्यस्तै बिजी फुटसलले इमाडोल भेट्रान तथा डिफेन्डिङ च्याम्पियन कुपण्डोल ४-० प्लस भेट्रानले सरस्वतीनगरलाई टाइब्रेकरमा पन्छाए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको