काठमाडौं । कारबाओ कपअन्तर्गत सेमिफाइनलको पहिलो लेगमा टोटनहृयामले लिभरपुललाई पराजित गरेको छ।
टोटनहृयाम हटस्पर रंगशालामा बुधरबार राति भएको खेलमा पाहुना टोली लिभरपुल १–० गोलले पराजित भएको हो।
टोटनहृयामलाई जित दिलाउन लुकास लुकास बर्गभलले गरेको एक मात्रै गोल निर्णायक बन्यो। उनले निर्धारित समय सकिन चार मिनेट बाँकी रहँदा डोमोनिस सोलान्केको पासललाई पोस्टको जाली चुमाए।
यस्तै, अब दोस्रो लेग फेब्रुअरी ६ मा लिभरपुलको घरेलु मैदान एनफिल्डमा हुनेछ।
