अनिताको ह्याट्रिक, पुलिसमाथि एपिएफको सानदार जित


काठमाडौँ । कप्तान अनिता बस्नेतको ह्याट्रिकप्रेरित एपिएफ क्लब एन्फा राष्ट्रिय महिला लिगको दोस्रो चरणमा नेपाल पुलिस क्लबलाई ६-० ले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको छ।

एन्फा महिला लिगको दोस्रो चरणमा बिहीबार भएको विभागीय डर्बीअन्तर्गत एपिएफ क्लबले नेपाल पुलिस क्लबमाथि सानदार जित हासिल गरेको छ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा भएको खेलमा एपिएफको जितमा कप्तान अनिता बस्नेतले ह्याट्रिक पूरा गरिन्। उनले खेलको १०औँ मिनेट, अतिरिक्त समयको दोस्रो तथा तेस्रो मिनेटमा ह्याट्रिक पूरा गरिन्। सरु लिम्बुले दुई र रेनुका नगरकोटेले एक गोल गरिन्।

जितसँगै तीन खेलबाट ९ अंक जोडेको एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। यता पराजित पुलिस चार खेलबाट सात अंक रहेको छ।

तस्बिर : एन्फा


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको